Saturday 18-04-2026

चुनावी सरगर्मीका बीच कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान

Satyapana
  • Thursday Feb 26 2026
  • | 1386 Read

Share News

चुनावी सरगर्मीका बीच कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान

काठमाडौँ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनले देशैभरि चुनावी सरगर्मी बढाएको छ। दलहरू चुनावी तयारी र रणनीतिमा व्यस्त रहेका बेला नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा भने स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्।

सचिवालयका अनुसार, सभापति देउवा मंगलबार राति सिंगापुर एयरलाइन्समार्फत सिंगापुर जानुभएको हो । उहाँको अकस्मात उपचारका लागि जानुपर्ने परिस्थिति बन्यो, त्यसैले मंगलबार राति नै प्रस्थान गर्नुभयो, सचिवालय स्रोतले जानकारी दियो।

देउवाका साथमा उहाँको स्वकीय सचिव भानु देउवा मात्र सिंगापुर गएका छन्। उहाँको श्रीमती एवं पूर्व परराष्ट्रमन्त्री आरजु राणा भने हाल नेपालमै हुनुहुन्छ। निर्वाचनको मुखैमा भएको यो भ्रमणलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। पूर्व सभापति 
देउवा फागुन १९ गते मंगलबार स्वदेश फर्किने तालिका छ।
काठमाडौँ फर्किएलगत्तै उहाँ चुनावी कार्यक्रमका लागि डडेल्धुरा जाने सम्भावना रहेको सचिवालयले जनाएको छ।


For Add Product Review. You Need To Login First Login Page