Saturday 18-04-2026

सर्लाहीको बलराका पूर्वमेयर कांग्रेसमा प्रवेश,गगन थापाको हातबाट स्वागत

Satyapana
  • Saturday Feb 21 2026
  • | 873 Read

Share News

सर्लाहीको बलराका पूर्वमेयर कांग्रेसमा प्रवेश,गगन थापाको हातबाट स्वागत

सर्लाही निर्वाचन क्षेत्र नं ४ मा पर्ने बलरा नगरपालिकाका पूर्व मेयर अभयकुमार सिंह नेपाली कांग्रेस प्रवेश गरेका छन् । पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी लोसपामा सक्रिय रहेका सिंहलाई कांग्रेसका सभापति गगनकुमार थापाले गएराति पार्टी प्रवेश गराएका हुन् ।

सिंहको निवासमै आयोजित कार्यक्रममा थापासहित कांग्रेसका केन्द्रीय तथा निवर्तमान सभापति सुरेन्द्र प्रसाद सिंहलगायत जिल्ला तहका नेताहरूको उपस्थिति रहेको थियो ।
सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी ९राजपा० बाट बलरा नगरपालिकाको मेयरमा ४ हजार ३ सय २७ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा भने राजपाको विभाजनपछि लोसपाबाट मेयरका प्रत्याशी बनेका उनी नेकपा माओवादी केन्द्रका उम्मेदवार रामाशंकर कुशवाहासँग १ हजार १२ मतान्तरले पराजित भएका थिए ।
यसअघि सर्लाही–४ का लोसपा नेता तथा पूर्व संविधानसभा सदस्य केदारनन्दन चौधरी, मनिष मिश्रलगायत दर्जनौं नेता–कार्यकर्ता पनि कांग्रेसमा प्रवेश गरिसकेका छन् ।

 


For Add Product Review. You Need To Login First Login Page