Saturday 18-04-2026

फागुन २१ को निर्वाचन लक्षित गर्दै काँग्रेस रामेछापको घरदैलो अभियान सोमबारदेखि

Satyapana
  • Saturday Jan 31 2026
  • | 2085 Read

Share News

फागुन २१ को निर्वाचन लक्षित गर्दै काँग्रेस रामेछापको घरदैलो अभियान सोमबारदेखि

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेस रामेछापले सोमबारदेखि घरदैलो अभियान सुरु गर्ने भएको छ। पार्टीले तयारीलाई अन्तिम चरणमा पुर्‍याउँदै मतदातामाझ प्रत्यक्ष पुग्ने रणनीतिसहित घरदैलो अभियान थाल्न लागेको हो।

नेपाली काँग्रेस रामेछापका सभापति घरदैलो अभियानको उम्मेद्वारी दर्ता पश्चात काठमाडौँमा पार्टीका केन्द्रीय तथा जिल्ला तहका कार्यकर्तासँग छलफल गरी चुनावी रणनीति तय गरिएको थियो। सो छलफलपछि जिल्ला फर्किएर घरदैलो अभियान सुरु गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ।

पार्टीका प्रचार–प्रसार संयोजक हिमाल ढुङ्गेलका अनुसार घरदैलो अभियानका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ। “उम्मेद्वारी दर्तापछि काठमाडौँमा पार्टीका कार्यकर्तासँग विस्तृत छलफल गरेर चुनावी रणनीति बनाइएको छ। सोही निर्णयअनुसार सोमबारदेखि जिल्लाभर घरदैलो अभियान सुरु हुँदैछ,” उनले बताए।

घरदैलो अभियानमार्फत पार्टीले काँग्रेसका नीति, कार्यक्रम र उम्मेद्वार रामचन्द्र खड्काको एजेन्डा प्रत्यक्ष रूपमा मतदातासमक्ष लैजाने तयारी गरेको छ। विभिन्न पालिका र वडामा चरणबद्ध रूपमा कार्यक्रम सञ्चालन गरी मतदातासँग प्रत्यक्ष संवाद गरिने पार्टीको योजना रहेको छ।

नेपाली काँग्रेस रामेछापले यस अभियानलाई निर्वाचनको मुख्य आधार मानेको छ भने फागुन २१ गते हुने निर्वाचनमा पार्टीलाई जित सुनिश्चित गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको जनाएको छ।


For Add Product Review. You Need To Login First Login Page