Saturday 18-04-2026

धनकुटामा यात्रुबाहक बस दुर्घटना, ६ जना घाइते,चालक प्रहरी नियन्त्रणमा

Satyapana
  • Friday Jan 30 2026
  • | 1279 Read

Share News

धनकुटामा यात्रुबाहक बस दुर्घटना, ६ जना घाइते,चालक प्रहरी नियन्त्रणमा

पाख्रीबास (धनकुटा), माघ १६ गते । कोशी लोकमार्गस्थित धनकुटाकोे छथरजोरपाटी गाउँपालिका –२ र धनकुटा नगरपालिका –१, को सिमामा पर्ने त्रिशुलेमा यात्रुवाहक बस दुर्घटना हुदाँ छ जना घाइते भएका छन् ।

तेह्रथुमबाट धरानतर्फ जाँदैगरेको को १ ख ५१०५ नम्बरको यात्रुबस अनियन्त्रित भई सडकबाट करिब ७ मिटर तल पल्टिएर दुर्घटना भएको हो । घाइते हुनेहरुमा तेह्रथुमको लालिगुँरास नगरपालिका –२, बस्ने ५३ बार्षिय रेवान्तकुमार कामी, सोही स्थानका २३ बर्षिय रबिन लिम्बु, २२ बर्षिय राक लिम्बु, धनकुटाको छथरजोरपाटी गाउँपालिका –५ बस्ने २८ बर्षिय मुना रुचाल, सोही ठाउँ बस्ने बर्षिय बालक निक्खि रुचाल र सुनसरीको धरान उपमहानगरपालिका –५ बस्ने ४७ बर्षिया चन्द्रकला लिम्बु रहेका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता ज्ञानकुमार महतोले जानकारी दिनुभयो ।

उहाँका अनुसार कति मिटर तल बसमा सवार अन्दाजी १५ जना रहेको तीमध्ये छ जना छाइते भएको जानकारी दिनुभयो । प्रहरीचौकी हिलेबाट खटिएको प्रहरी नायव निरीक्षक चिरन्जीबि खड्काको कमाण्डमा प्रहरी टोली खटिइ घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य क्लिनिकमा पठाइएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुको अवस्था सामान्य रहेको उनीहरुको धनकुटा –१, स्थित हिले उज्यालो सामुदायिक पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सवारी चालक सुनसरीको धरान उपमहानगरपालिका –७, बस्ने ४५ बर्षिय विष्णुु थापा प्रहरी चौकी हिलेको नियन्त्रण रहेको प्रहरीको भनाइ छ ।


For Add Product Review. You Need To Login First Login Page