Search News
नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र खड्का भन्छन्—‘म जित्छु, तपाईंहरूले जिताउनुहुन्छ’
- Tuesday Jan 27 2026
- | 2421 Read
Share News

रामेछाप — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट रामेछाप जिल्लाका उम्मेदवार रामचन्द्र खड्काले आफ्नो जीतमा विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले आफ्नो जनसम्पर्क र अनुभव रहेकोले चुनाव जित्ने विश्वास लिनुभएको हो । साथै, खड्काले चुनाव हार भए पनि राजनीतिमा विश्राम नलिईकन, बिना पदको राजनीतिक सेवा जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ।
म बारम्बार फिल्डमा गएँ, जनतासँग प्रत्यक्ष भेट गरेँ। यदि चुनाव हार भए पनि जनताको काम गर्न छोड्ने छैन, खड्काले भने।
उहाँले आफू पार्टीभन्दा माथि उठेर काम गर्न सक्ने र खुला रूपमा बोल्ने क्षमता राख्ने उम्मेदवार भएको दावी गर्नुहुँदै, प्रतिस्पर्धी उम्मेदवारहरूलाई सम्मान गर्दै जनताको समर्थन आवश्यक रहेको बताउनुभयो ।

For Add Product Review. You Need To Login First Login Page





















