Tuesday 28-07-2026

नेकपाले भन्यो– पार्टी निर्णय विपरीत उम्मेदवारी स्वीकार्य हुँदैन

Logo
Satyapana
  • Friday Jan 23 2026
  • | 2119 Read

Share News

नेकपाले भन्यो– पार्टी निर्णय विपरीत उम्मेदवारी स्वीकार्य हुँदैन

नेपाली कम्युनिस्ट पार्टीले पार्टी निर्णयविरुद्ध अनधिकृत रूपमा दर्ता गरिएको उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ।
पार्टी केन्द्रीय कार्यालयद्वारा जारी  निर्देशन अनुसार, आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनका लागि सिन्धुली जिल्ला क्षेत्र नं। २ मा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध केन्द्रीय सदस्य  महेश्वर दाहालले अनधिकृत रूपमा उम्मेदवारी मनोनयन दर्ता गराएका कारण निर्वाचन आयोगले प्रकाशित गरेको प्रत्यक्षतर्फको उम्मेदवार नामावलीबाट उक्त उम्मेदवारी अवरुद्ध भएको जनाइएको छ।

विज्ञप्तीमा पार्टी निर्णयविरुद्ध उम्मेदवारी दर्ता गर्ने कार्यमा प्रस्तावक रही सहयोग गरेको पुष्टि भएपछि सम्बन्धित पक्षलाई तत्काल उक्त अनधिकृत मनोनयन फिर्ता गरी पार्टीको आधिकारिक उम्मेदवारलाई समर्थन तथा सहयोग गर्न निर्देशन दिइएको उल्लेख छ।
पार्टीको निर्णय कार्यान्वयन गर्न तथा संगठनात्मक अनुशासन कायम राख्न पार्टी केन्द्रीय कार्यालयको तर्फबाट यो विशेष निर्देशन जारी गरिएको विज्ञप्तीमा जनाइएको छ।

उक्त विज्ञप्तीमा पार्टीका सहसंयोजक माधव कुमार नेपाल र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डको हस्ताक्षर रहेको छ।


For Add Product Review. You Need To Login First Login Page