Tuesday 28-07-2026

कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउँछौँ : सभापति थापा

Logo
Satyapana
  • Saturday Jan 17 2026
  • | 1762 Read

Share News

कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउँछौँ : सभापति थापा

काठमाडौँ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एकताबद्ध बनाएर अघि बढाइने स्पष्ट पार्नुभएको छ।

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनलाई मान्यता दिएपछि आज केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले विगतका तिक्तता बिर्सेर पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले निर्वाचन आयोगले गरिसकेको निर्णयलाई स्वीकार गर्दै अब पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो। पार्टीभित्रका अग्रज नेताहरूलाई साथमा लिएर र नयाँ पुस्तालाई जोड्दै अघि बढ्ने उहाँको भनाइ छ।

“पूर्वसभापति शेरबहादुर देउवाको अभिभावकत्व र संरक्षकत्वको भूमिका खोजेका छौँ। एक–दुई दिनभित्र सिङ्गो कांग्रेस एक ठाउँमा उभिने वातावरण बनाउँदैछौँ,” सभापति थापाले भन्नुभयो।

फागुन २१ मा हुने निर्वाचनका लागि उम्मेदवार टुङ्ग्याउने समय नजिकिँदै गएकाले समयको चाप रहेको उल्लेख गर्दै उहाँले सबैलाई समेटेर पार्टीलाई मजबुत रूपमा अघि बढाउने दृढता व्यक्त गर्नुभयो।


For Add Product Review. You Need To Login First Login Page