Saturday 18-04-2026

संविधान र कानुनबाहिर गएर निर्णय हुँदैन : निर्वाचन आयोग

Satyapana
  • Friday Jan 16 2026
  • | 1182 Read

Share News

संविधान र कानुनबाहिर गएर निर्णय हुँदैन : निर्वाचन आयोग

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विधि र पद्धतिबाहिर गएर आयोगले निर्णय नगर्ने बताउनुभएको छ ।

शुक्रबार बिहान निर्वाचन आयोग पुगेका नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षका नेता तथा कार्यकर्तासँग कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘निर्वाचन आयोगले संविधान, ऐन, कानुनको परिधिमा रहेर आयोगले विश्लेषण गर्छ । विधि र पद्धतिबाहिर गएर आयोगले निर्णय गर्दैन । निर्वाचन कार्यतालिका अनुसारका काममा तपाईँहरु सहभागी हुनुहुनेछ भन्ने आयोगको विश्वास छ ।’’

यसैगरी, देउवा पक्षले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका ८८५ जनाले आफ्नो हस्ताक्षर फिर्ता गरेको प्रमाण निर्वाचन आयोगमा बुझाएको छ ।

आयोगमा दलबलसहित पुगेका कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई हस्ताक्षर फिर्ताका निवेदनसहितको प्रमाण बुझाएको हो ।


For Add Product Review. You Need To Login First Login Page