Saturday 18-04-2026

कुलमान घिसिङ भन्छन्– कहाँबाट चुनाव लड्ने निर्णय भइसकेको छैन

Satyapana
  • Saturday Jan 10 2026
  • | 1973 Read

Share News

कुलमान घिसिङ भन्छन्– कहाँबाट चुनाव लड्ने निर्णय भइसकेको छैन

पूर्वमन्त्री कुलमान घिसिङले आफू रामेछाप वा काठमाडौँ कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने निर्णय भइनसकेको बताएका छन्।

शनिबार रामेछाप–काठमाडौँ पत्रकार समाजले आयोजना गरेको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनमा बोल्दै घिसिङले सबैको जिज्ञासा भए पनि हालसम्म उम्मेदवारीबारे टुंगो नलागेको स्पष्ट पारे। उनले जन्मजिल्ला रामेछाप भए पनि लामो समयदेखि काठमाडौँमा बसोबास रहेकाले कहाँबाट चुनाव लड्ने भन्ने विषयमा आफु अन्तिम निर्णमा पुगिनसकेको जानकारी गराएका हुन । कार्यक्रममा रामेछाप–काठमाडौँ पत्रकार समाजको तेस्रो अधिवेशनबाट प्रेम गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।

 


For Add Product Review. You Need To Login First Login Page