Tuesday 28-07-2026

एमाले रामेछापको जिल्ला इन्चार्जमा युवा नेता माधव ढुङ्गेल नियुक्त

Logo
Satyapana
  • Tuesday Jan 06 2026
  • | 1398 Read

Share News

एमाले रामेछापको जिल्ला इन्चार्जमा युवा नेता माधव ढुङ्गेल नियुक्त

२२ पुस, रामेछाप — नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापमा युवा नेता माधव ढुङेललाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ। ढुङ्गेल भर्खरै सम्पन्न एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यको रूपमा निर्वाचित हुनु भएका युवा नेता हुनुहुन्छ । यसअघि नेता कमल प्रसाद चौलागाईं  रामेछापको इन्चार्ज हुनुहुन्थ्यो।

एमालेमा केपी ओली निकटका युवा नेता ढुङ्गेल विद्यार्थी राजनीतिबाट उठेका नेता हुनुहुन्छ ।जिल्लामा दीर्घकालीन नेतृत्व पुराना पुस्तासँग जोडिएको अवस्थामा, युवा नेता ढुङ्गेललाई इन्चार्ज बनाउनु युवा पुस्ताको भावना र माग सम्बोधन गर्ने कदमको रूपमा हेरिएको छ।

खाडादेवी निवासी ढुङ्गेल युवा पुस्तामा परिचित नेता हुनुहुन्छ। उहाँ यस अगाडि

केन्द्रीय संगठन विभाग सचिव

विद्यार्थी विशेष जिल्ला कमिटी इन्चार्ज

युवा विद्यार्थी विशेष जिल्ला कमिटी इन्चार्ज

पेसागत जिल्ला कमिटी इन्चार्ज

अनेरास्ववियु र सम्बद्ध संघ-संगठन इन्चार्ज

मिसन ग्रासरुट (सिन्धुपाल्चोक क्षेत्र) इन्चार्ज

एमाले केन्द्रीय कमिटी सदस्य (२०७१–हालसम्म)

मिसन ८४ रामेछाप इन्चार्ज

विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्ष (२०७०–७१)

अनेरास्ववियु केन्द्रीय कमिटी अध्यक्ष तथा संयोजक (२०६७–२०७०)

अनेरास्ववियु महासचिव (२०६५–२०६७) 

बनिसक्नुभएको थियो।  


For Add Product Review. You Need To Login First Login Page