Saturday 30-05-2026

शीर्ष नेतासँगको भेटपछि सञ्चारमन्त्री खरेल भन्नुहुन्छ -फागुन २१ मै निर्वाचन हुन्छ, सबै दल सहभागी हुनेछन्

Satyapana
  • Friday Dec 26 2025
  • | 2219 Read

Share News

शीर्ष नेतासँगको भेटपछि सञ्चारमन्त्री खरेल भन्नुहुन्छ -फागुन २१ मै निर्वाचन हुन्छ, सबै दल सहभागी हुनेछन्


काठमाडौँ, ११ पुसः निर्वाचनको वातावरण बनाउनका निम्त सरकारले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गरेको छ । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार प्रमुख तीन दलका शीर्ष नेताहरुलाई भेटगरी निर्वाचनको माहोल बनाउन छलफल गर्नुभएको छ । सञ्चारमन्त्री घरेलले नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उहाँहरुकै निवास गरेर निर्वाचनबारे कुराकानी गर्नुभएको हो ।
तीन दलका शीर्ष तेतासँगको भेटवार्तापछि सञ्चारमन्त्री खरेलले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन तोकिएकै समयमा हुने र त्यसमा सबै राजनीतिक दलहरू सहभागी हुने स्पष्ट पार्नुभयो ।


निर्धारित मितिमै प्रतिनिधिभा सदस्यको निर्वाचन गर्ने सरकारको चाहना र दृढता रहेकाले राजनीतिक दलहरुसँगको वार्ता र छलफललाई निरन्तर अघि बढाइरहेको जानकारी दिदैँ उहाँले निर्वाचनको माहोल बनाउन, सर्वदलीय, सर्वपक्षीय र व्यक्तिगत रुपमा पनि सरकारले दलका कार्यालय नेताका घरदैलोमा गएर निर्वाचनको सुनिश्चितताका लागि पहलकदमी गरिएको उल्लेख गर्नुभयो ।
सञ्चारमन्त्री खरेलले भन्नुभयो,“निर्वाचनको वातावरण बनाउन सरकारले               पहल गरिरहेको छ । तीन ठूला दलका शीर्ष नेताले भेटकाक्रममा निर्वाचन हुनुपर्छ भन्ने स्पष्ट धारणा छ । त्यसैले फागुन २१ ग्ते निर्वाचन हुन्छ र सबै दल सहभागी हुन्छन् । काँग्रेसकोतर्फबाट सभापतिले निर्वाचन प्राथमिकता हो पुनःस्थापना प्राथमिकता हैन भन्नुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका संयोजकले निर्वाचनको विकल्पै छैनन भन्नुभएको छ र एमाले अध्यक्षले पनि निर्वाचनका लागि वातावरण बनाउनुपर्छ भनेर चासो देखाउनुभएको छ ।”
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी निवासमा आज भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सञ्चारमन्त्री खरेलले  प्रधामन्त्री सुशीला कार्कीले स्वयंले पनि राजनीतिक भेटवार्तालाई प्रत्यक्ष र परोक्ष रुपमा अघि बढाइरहनुभएको जानकारी दिनुभयो । संयोजक दाहालले निर्वाचनको विकल्प नभएको दोहो¥याउँदै तोकिएको मितिमै निर्वाचन हुनुपर्छ भन्नेमा जोड दिनुभएको उहाँले जानकारी दिनुभयो
सञ्चारमन्त्री खरेलले भन्नुभयो, “सबै पक्षीय, सर्वदलीय र मुख्य राजनीतिक दलसँग संवाद र भेटघाट भयो । त्यसक्रममा दलको कार्यालय र नेताका घरमा पुगेर दल र नेता विशेषकाबीच वार्ता भएको छ ।” वर्तमान सरकार निर्धारित मितिमै चुनाव गराउन प्रतिबद्ध रहेको जनाउँदै उहाँले सरकारको महत्वपूर्ण कार्य सुशासन र भ्रष्टाचार नियन्त्रणसँगै चुनाव गराउने विषयलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्नुभयो ।
सरकारले बाँकी भेटघाट एकल, समूह, युवा, जेनजी प्रतिनिधि र सुरक्षा निकायसँग पनि निरन्तर गरिरहने बताउँदै सञ्चारमन्त्री खरेलले वार्ता र छलफलाई लगातार अघि बढाइरहेको स्पष्ट पार्नुभयो ।
उहाँले निर्वाचन आयोग, सुरक्षा निकाय र अरु सरोकारवाला निकाय निर्वाचनमा केन्द्रित भएको अवस्थामा चुनाव सुनिश्चित भएको सन्देश जनतालाई प्रवाह गर्न सञ्चारकर्मीसँग आग्रह गर्नुभयो ।
सञ्चारमन्त्री खरेलले भन्नुभयो, “प्रमुख तीन दलका शीर्ष नेताहरुले आफूसँगको भेटमा आफूहरु चुनाव विरोधी होइनौँ, चुनाव हुनुपर्छ, चुनाव लोकतन्त्रको पर्याय हो । ताजा जनादेश लिएर जनताबाट अनुमोदित हुने विषय राम्रो र उपयुक्त बाटो हो भनी स्पष्ट धारणा राख्नुभएको छ ।”
नेपाली कांग्रेसकोतर्फबाट चुनावको विकल्प छैन, प्रतिनिधिसभाको पुनःस्थापना आफ्नो पार्टीको मुद्दा होइन भनी सभापति शेरबहादुर देउवाले स्पष्टसँग राख्नु भएको जनाउँदै मन्त्री खरेलले नेपाली कम्युनिष्ट पार्टीकातर्फबाट पनि निर्वाचनको विकल्प नरहेकाले अबको यात्रा भनेकै चुनाव हो भनी स्पष्ट गर्नुभएको बताउनुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावमा जानुपर्छ तर त्यसका लागि सुरक्षाको वातावरण बनोस् भनी चासो व्यक्त गर्नुभएको मन्त्री खरेललेको भनाइ थियो । दलहरुबाट व्यक्त भावनाअनुरुप सरकारले चुनावको वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्दै सञ्चारमन्त्री खरेलले भन्नुभयो, “शीर्ष नेताहरुसँगको भेटबाट आशावादी मात्र होइन, फागुन २१ गते चुनाव हुन्छ । सबै राजनीतिक दलले चुनावमा भाग लिन्छन ।”
यसैगरी, निर्वाचनको अन्तिम तयारी र दलहरूबीचको थप समन्वयका लागि प्रधानमन्त्री सुशीला कार्कीले भोलि शनिबार बालुवाटारमा शीर्ष नेताहरूसँग छलफल गर्दै हुनुहुन्छ ।


For Add Product Review. You Need To Login First Login Page