Saturday 30-05-2026

राजीनामा दिने तयारीमा मुख्यमन्त्री यादव

Satyapana
  • Wednesday Dec 03 2025
  • | 3873 Read

Share News

राजीनामा दिने तयारीमा मुख्यमन्त्री यादव

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज पद त्याग गर्ने तयारी गरेका छन्। एमाले निकट स्रोतका अनुसार बुधबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमै उनले राजीनामा घोषणा गर्ने सम्भावना पक्का जस्तै बनेको छ। विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्था देखिएपछि यादव पद छोड्न तयार भएका हुन्।

सर्वोच्च अदालतले सोमबार साँझ २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो। त्यसअनुसार बुधबार बिहानका लागि बैठक बोलाइएको भए पनि सत्तापक्षकै सांसदहरू अनुपस्थित हुने संकेत देखिएपछि बैठकलाई फेरि दिउँसो २ बजेसम्म सारिएको हो।

एमाले प्रदेशसभाका प्रमुख सचेतक हरिनारायण महतोका अनुसार दलभित्रैबाट मुख्यमन्त्री यादवलाई राजीनामा दिन सुझाव दिइएको छ। “हालको अवस्थामा विश्वासको मत जुट्ने सम्भावना कमजोर भएकाले राजीनामा नै उपयुक्त हुन्छ भन्ने धारणा छ,” महतोले बताएका छन्।

यादवले पनि आफू निकट नेताहरूसँग छलफल गर्दै राजीनामाको निर्णयमा सकारात्मक संकेत दिएका छन्। उनका निकट एक सांसदका अनुसार २ बजेको बैठकमा आफ्नो धारणा राखेर राजीनामा दिनेबारे अन्तिम तयारी भइरहेको छ।

यादवलाइ  गत कात्तिक २३ गते प्रदेश प्रमुख सुमित्रा सुवेदीले  एमाले संसदीय दलका नेता रहेको आधारमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन। त्यसअघि मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएपछि संविधानको धारा १६८(३) अनुसार उनी सरकारको नेतृत्वमा आएका थिए। तर नियुक्ति प्रक्रियासम्बन्धी मुद्दा सर्वोच्चमा पुगेकाले प्रदेश राजनीतिमा तनाब थपिएको थियो।

मुख्यमन्त्रीको विवाद बढेपछि प्रदेश प्रमुख भण्डारीलाई सरकारले फिर्ता बोलाएको छ भने सभामुख रामचन्द्र मण्डल पनि पदमुक्त भइसकेका छन्।

Tags :


For Add Product Review. You Need To Login First Login Page