Saturday 30-05-2026

श्रम क्षेत्रमा देखिएको संगठित अपराध विरुद्ध कठोर कदम चाल्ने घोषणा : मन्त्री भण्डारी

Satyapana
  • Friday Dec 12 2025
  • | 1600 Read

Share News

श्रम क्षेत्रमा देखिएको संगठित अपराध विरुद्ध कठोर कदम चाल्ने घोषणा : मन्त्री भण्डारी

२६ मंसिर, २०८२। नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले श्रम क्षेत्रमा फैलिँदै गएको संगठित आपराधिक गतिविधि रोक्न कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार सिंहदरबारमा पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले श्रमिक सुरक्षालाई प्रभावकारी बनाउने र सुशासनको प्रत्याभूति दिने गरी काम गर्ने जनाए।

मन्त्री भण्डारीका अनुसार श्रम क्षेत्रभित्र व्यापक रूपमा फैलिएको दलाली, ठगी र आपराधिक संरचनालाई भत्काउन विशेष टास्कफोर्स गठन गरिनेछ। उनले “लामो भाषण होइन, काम गरेर देखाउने” भन्दै परिणाममुखी कार्यशैली अपनाउने अठोट व्यक्त गरे।

गृह मन्त्रालयसँगको समन्वयमा श्रमसम्बन्धी अपराध अनुसन्धानलाई प्राथमिकतापूर्वक अघि बढाइने उल्लेख गर्दै उनले दोषीलाई कानूनी कारबाही र श्रमिकका अधिकार सुनिश्चित गर्न कुनै कसर बाँकी नराख्ने स्पष्ट सन्देश दिए।


For Add Product Review. You Need To Login First Login Page