तीन नेताहरू ठाकुर, त्रिपाठी र लाल एकै संगठनमा जुट्ने तयारी
- Wednesday Dec 10 2025
- | 1752 Read
Share News

२४ मङ्सिर,२०८२। महन्थ ठाकुर, हृदयेश त्रिपाठी र वृषेशचन्द्र लाल नेतृत्वका तीन दलबीच पार्टी एकीकरण हुने भएको छ।
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई–मधेश लोकतान्त्रिक पार्टीबीच एकता हुने भएको हो।
देशमा विकसित वर्तमान परिस्थितिको निकास, भ्रष्टाचार तथा बेथितीको अन्त्य र विधिको पूर्ण सुशासन कायम गर्न ताजा जनादेश आवश्यक ठानेर आम निर्वाचन नै एकमात्र विकल्प रहेको तीन दलको निष्कर्ष छ।
‘समान अधिकार, राज्यका हरेक अंगमा समानुपातिक समावेशिता, विविधताको सम्मान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको प्रतिबद्धता कायम राख्दै सिमान्तिकरणमा पारिएकाहरूको व्यापक राजनीतिक शक्तिको निर्माण अपरिहार्य भएको मनन गर्दै लोकतान्त्रिक समाजवादी पार्टी, जनता प्रगतिशील पार्टी र तराई–मधेश लोकतान्त्रिक पार्टी एकजुट भई एकीकृत हुने निर्णय गरेका छौँ,’ एकता सहमतिपछि जारी विज्ञप्तिमा उल्लेख छ।
साथै मधेश, थरुहट, आदिवासी जनजाति, दलित, मुस्लिमसहित सिमान्तिकरणमा पारिएकाहरूको प्रतिनिधित्व गर्ने सबै राजनीतिक शक्ति र व्यक्तिहरूलाई समेत गोलबद्ध हुन आह्वान गरिएको छ।

For Add Product Review. You Need To Login First Login Page




















