Search News
२६ वर्षमै सांसद: कैलाली–२ बाट केपी खनाल निर्वाचित
- Sunday Mar 08 2026
- | 1658 Read
Share News

चौमाला (कैलाली), फागुन २४ गते । कैलाली निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनाल निर्वाचित हुनुभएको छ।
२६ वर्षीय खनाल १९ हजार ५७ मत प्राप्त गरी विजयी हुनुभएको हो। उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीलाई सात हजार १०८ मतान्तरले पराजित गर्नुभएको छ। चौधरीले ११ हजार ९४९ मत प्राप्त गर्नुभयो।
त्यस्तै, नेकपा (एमाले) का सूर्यबहादुर थापाले सात हजार ८८६ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार विजयबहादुर स्वाँरले सात हजार २१३ मत प्राप्त गर्नुभएको छ।
यसअघि कैलालीका अन्य क्षेत्रहरूमा पनि रास्वपाकै उम्मेदवारहरू विजयी भएका छन्। क्षेत्र नं. १ मा कोमल ज्ञवाली, ३ मा जगतप्रसाद जोशी, ४ मा खेमराज कोइराला र ५ मा आनन्दबहादुर चन्द निर्वाचित हुनुभएको छ। योसँगै कैलालीका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपाले जित हासिल गरेको छ।

For Add Product Review. You Need To Login First Login Page





















