Saturday 18-04-2026

जेन्जीको माग पूरा गर्न संविधान संशोधन गर्छु : श्याम कुमार श्रेष्ठ(कुशल)

Satyapana
  • Tuesday Jan 27 2026
  • | 3514 Read

Share News

जेन्जीको माग पूरा गर्न संविधान संशोधन गर्छु : श्याम कुमार श्रेष्ठ(कुशल)

रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीबाट रामेछाप जिल्लामा उम्मेदवार बनेका श्याम कुमार श्रेष्ठ (कुशल)ले आफू निर्वाचित भए पहिलो काम संविधान संशोधनका लागि संसदमा खरो रूपमा उत्रिने स्पष्ट घोषणा गर्नुभएको छ। उहाँले संविधान संशोधनमार्फत जेन्जी (Gen Z) पुस्ताको माग र मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो।

रामेछापमा आयोजित एक कार्यक्रममा बोल्दै उम्मेदवार श्रेष्ठले वर्तमान राजनीतिक दलहरूका नारा र एजेन्डामाथि प्रश्न उठाउनुभयो। उहाँले भन्नुभयो, “आज सबै राजनीतिक दलहरूको नयाँ नारा के हो ? नेपाली कांग्रेसको के नयाँ छ?  एमालेको के नयाँ छ? , राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी—सबैको के नयाँ छ?”

उहाँका अनुसार गणतन्त्र र संघीयताको नारा नेपाली कम्युनिस्ट पार्टीले अघि सारेपछि मात्र अन्य दलहरूले स्वीकार गरेका हुन्। “हामीले गणतन्त्रको नारा उठायौँ, पछि सबै पछिपछि आए। संघीयताको नारा पनि हामीले अघि बढाएपछि स्वीकार गरियो,” उहाँले भन्नुभयो। त्यतिबेला कार्यकारी प्रमुख जनताबाट प्रत्यक्ष निर्वाचित गर्ने प्रस्ताव स्वीकारिएको भए आज जेन्जी पुस्ताले नयाँ नारा खोज्नुपर्ने अवस्था नआउने उहाँको दाबी छ।

श्रेष्ठले नयाँ भन्नु केवल शब्द वा प्रचार नभई मुद्दा, विचार, दृष्टिकोण र कार्यक्रम भएको स्पष्ट पार्नुभयो। “नयाँ भनेको नारा हुन्छ, मुद्दा हुन्छ, विचार हुन्छ, कार्यक्रम हुन्छ,” उहाँले भन्नुभयो, “यी नै हाम्रा राजनीतिक एजेन्डा हुन्।”

उहाँले हालसम्म कुनै पनि उम्मेदवार वा दलले संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएर निर्वाचनमा आएको सुन्न नपाएको उल्लेख गर्दै आफू त्यसमा फरक र स्पष्ट रहेको दाबी गर्नुभयो। “कुनै दलले ‘म संविधान संशोधनका लागि निर्वाचनमा आएको हुँ’ भनेर भनेको सुन्नुभएको छरु रामेछापमै सुन्नुभएको छरु” भन्दै उहाँले प्रश्न गर्नुभयो।

श्रेष्ठले थप भन्नुभयो, “म भन्छु—निर्वाचित भएर गएपछि संविधान संशोधनका लागि संसदमा खरो उत्रिन्छु। यही जेन्जीको मुख्य मुद्दा हो।”

उहाँले आगामी दिनमा अन्य दलहरूले पनि यही एजेन्डा कपी गर्न सक्ने संकेत गर्दै भने, “अब भोलिबाट, पर्सिबाट अरूले पनि ‘यो हाम्रो नारा हो’ भन्न थाल्नेछन्। तर असल र मौलिक मुद्दा हामीसँग छ।”

राजनीतिक स्लोगन र विकल्पको सन्दर्भमा बोल्दै उम्मेदवार श्रेष्ठले आफ्नो पार्टी नै वास्तविक विकल्प भएको दाबी गर्नुभयो। “हामी नयाँ हौँ—मुद्दाका हिसाबले, विचारका हिसाबले। अरूसँग नयाँ केही छैन,” उहाँले स्पष्ट गर्नुभयो।


For Add Product Review. You Need To Login First Login Page