Sunday 13-09-2026

कांग्रेस विवाद समाधान प्रयासः त्रिपक्षीय बैठक दिउँसो पुनः बस्ने

Logo
Satyapana
  • Tuesday Jan 13 2026
  • | 1716 Read

Share News

कांग्रेस विवाद समाधान प्रयासः त्रिपक्षीय बैठक दिउँसो पुनः बस्ने

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसमा देखिएको आन्तरिक विवाद समाधानका लागि बसेको त्रिपक्षीय बैठक हालका लागि टुंगिएको छ। बैठक दिउँसो पुनः बस्ने निर्णय गरिएको छ।

विशेष महाधिवेशन आह्वानको विषयमा पार्टीभित्र मतभेद कायम रहेकाले सहमति खोज्न बिहानदेखि तीन पक्षका नेताबीच छलफल भएको थियो। तर वार्तामा तत्काल ठोस निष्कर्ष ननिस्किएपछि बैठक स्थगित गरिएको हो।

वार्तामा सहभागी विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेका अनुसार बैठकमा विषय प्रवेश मात्र भएको छ। उनले विशेष महाधिवेशन आह्वान गर्नुको कारण प्रस्तुत गरिएको र त्यसबारे अन्य पक्षले सुनेको जानकारी दिए। बैठक दिउँसो २:३० बजे पुनः बस्ने निर्णय भएको छ।

बैठकमा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी थिए। सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाण सहभागी भएका थिए भने शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल सहभागी थिए।


For Add Product Review. You Need To Login First Login Page