Search News
समानुपातिक निर्वाचनका लागि एमालेको ११० जनाको बन्दसूची पेश
- Monday Dec 29 2025
- | 1861 Read
Share News

काठमाडौंं। नेकपा एमालेले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत ११० जनाको बन्दसुची निर्वाचन आयोगमा बुझाएको छ। सोमबार पार्टीका केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारी र केन्द्रीय सदस्य निरज आचार्यसहितका नेताहरू आयोग पुगेर बन्दसूची दर्ता गराएका हुन्।
बन्दसूचीमा पार्टी उपाध्यक्ष रामबहादुर थापा बादल, सचिव पद्मा अर्याल, पूर्व राष्ट्रिय सभा सदस्य कोमल वलीलगायतका वरिष्ठ नेताहरू समेटिएका छन्। साथै नयाँ पुस्ताका प्रतिनिधिका रूपमा निता घतानीको नाम पनि सूचीमा राखिएको छ।
त्यस्तै क्रान्ति बुर्लाकोटी,भूमिका सुब्बा ,डा.पुष्प कँडेल, गोरखबहादुर बोगटी पनि समानुपातिक सूचीमा समेटिएका छन् ।
त्यसबाहेक राजकुमार श्रेष्ठ, टुका हमाल, निरु पाल, कोमल ओली, शान्ता चौधरी, अनिता कन्दङ्वा,गोरख बोगटी, लालबहादुर महतारा, लालबहादुर रावललगायत छन् ।
अपाङ्गता भएका समुदायबाट रामबहादुर थापा र यसुदा बराललाई एमालेले समानुपातिक सूचीमा समेटेको छ ।
दलित क्लस्टरबाट निर्मल दउला, जितु गौतम तथा अल्पसंख्यकबाट रामपुकार दास तत्मा, सन्तबहादुर चेपाङ र इच्छा चौधरी परेका छन् ।

For Add Product Review. You Need To Login First Login Page





















