Search News
Breaking News ::
निर्वाचन तयारीमा कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच संवाद
Satyapana
- Friday Dec 26 2025
- | 1223 Read
Share News

काठमाडौँ, पुस ११ गते । वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रुपमा छलफल सुरु गरेको छ ।
शुक्रबार सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उहाँको महाराजगञ्जस्थित निवासमा छलफल गरिरहनुभएको छ ।
मन्त्री खरेलको सचिवालयका अनुसार आजै उहाँले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेग्लाबेग्लै छलफल गर्ने कार्यक्रम छ ।

For Add Product Review. You Need To Login First Login Page





















