Saturday 30-05-2026

निर्वाचन तयारीमा कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच संवाद

Satyapana
  • Friday Dec 26 2025
  • | 1241 Read

Share News

निर्वाचन तयारीमा कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच संवाद

काठमाडौँ, पुस  ११ गते । वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रुपमा छलफल सुरु गरेको छ ।

शुक्रबार सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उहाँको महाराजगञ्जस्थित निवासमा  छलफल गरिरहनुभएको छ ।

मन्त्री खरेलको सचिवालयका अनुसार आजै उहाँले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेग्लाबेग्लै छलफल गर्ने कार्यक्रम छ ।


For Add Product Review. You Need To Login First Login Page