Monday 14-09-2026

गुल्मीमा ३३ लाखभन्दा बढी विद्युतको बक्यौता उठाउन बाँकी

Logo
Satyapana
  • Wednesday Dec 03 2025
  • | 4451 Read

Share News

गुल्मीमा ३३ लाखभन्दा बढी विद्युतको बक्यौता उठाउन बाँकी

गुल्मीमा ३३ लाखभन्दा बढी विद्युतको बक्यौता उठाउन बाँकी रहेको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीका सूचना अधिकारी भरत पोखरेलका अनुसार विद्युत उपयोग गरी ६० दिन कटेका सेवाग्राहीहरुबाट ३३ लाख ११ हजार ८१७ रुपियाँ विद्युतको बक्यौता उठाउन बाँकी रहेको छ ।

जिल्लामा विद्युत उपभोग गरी वक्यौता नतिर्नेहरुमा सामुदायीक ग्रामीण विद्युत उपभोक्ता समिति, लिफटिङ खानेपानी र केही कार्यालयहरु पनि रहेका छन् ।

सबैभन्दा बढी जयखानी सामुदायीक ग्रामीण विद्युतीकरण उपभोक्ता समितिले तीन महिनादेखि बक्यौता रकम बुझाएको छैन । समितिले कुल दुई लाख ७८ हजार ६६० रुपियाँ तिर्नुपर्ने देखिन्छ ।

यस्तै हचिङकोट सामुदायीक ग्रामीण विद्युतीकरण उपभोक्ता समितिले दुई लाख तीन हजार ५४ रुपियाँ, वीरवास सामुदायीक ग्रामीण विद्युतीकरणले ७० हजार ३८६ रुपियाँ, कालीमाटी कोटला लिफ्टीङ खानेपानी उपभोक्ता समितिको ९५ हजार ७१९ रुपियाँ, सबिता बस्नेतले १४ महिना विद्युत उपभोग गरेवापत एक लाख ५२ हजार ६०६ रुपियाँ, सिदार्थ कङक्रिड उद्योगले चार महिनाकोे ९४ हजार ५१९ रुपियाँ, यमबहादुर कामीले ७६ हजार २७९ रुपियाँ, रेडियो गुल्मीले १८ महिनाको ६६ हजार ३२९ रुपियाँ, जिल्ला प्रहरी कार्यालय गुल्मीको पाँच महिनाको ७० हजार दुई सय रुपियाँ , कालीगण्डकी गिटी, ढुङ्गा, बालुवा प्रशोधन केन्द्रको ६४ हजार ९८४ रुपियाँ बक्यौता उठाउन बाँकी रहेको छ ।

उनीहरुलाई बक्यौता बुझाउनका लागि खबर गरिएको र अझै पनि अटेर गरेमा लाइन काटेरै छाड्ने पोखरेलले चेतावनी दिनुभयो । 

Tags :


For Add Product Review. You Need To Login First Login Page