Search News
कृष्णभीरमा पहिरोपछि पृथ्वी राजमार्ग ठप्प: वैकल्पिक ट्रयाक निर्माण तीव्र
- 5 दिन अगाडि
- | 464 Read
Share News

२२, भदौ २०८३ सोमबार । भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशुली नदीको जलसतह बढ्दा धादिङको कृष्णभीरस्थित राजमार्गको तल्लो भाग नदीले कटान गरी भीषण पहिरो जाँदा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक भासिएर काठमाडौँ आउने-जाने मुख्य सञ्जाल ठप्प भएपछि खाद्यान्न तथा पेट्रोलीयम पदार्थ जस्ता अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित भई संघीय राजधानीमा प्रत्यक्ष असर देखिन थालेको छ।

स्थिति सहज बनाउन सडक विभागले जोखिम मोलेर पहिरो गएको क्षेत्रभन्दा करिब १५ मिटर माथिबाट भित्ता काटी ३०० मिटर लामो वैकल्पिक ट्र्याक निर्माणको कामलाई तीव्र पारेको छ। दुवै तर्फबाट आठ वटा हेभी उपकरण परिचालन गरी आगामी एक साताभित्र एकतर्फी र चालु महिनाको अन्त्यसम्ममा दोहोरो सवारी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार विज्ञ टोलीको अध्ययनका आधारमा कटान नियन्त्रण तथा ग्रेड मिलाउने काम भइरहेकोले निर्माण सम्पन्न हुनासाथ यातायात पुनः सुचारु गरिनेछ।


For Add Product Review. You Need To Login First Login Page

















