Search News
नक्कली पासपोर्ट बनाएर विदेश जाने धन्दामा संलग्न रहेको आरोपमा ३ जना पक्राउ
- Wednesday Dec 17 2025
- | 1739 Read
Share News

काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली पासपोर्ट बनाएर विदेश जाने धन्दामा संलग्न रहेको आरोपमा मंगलबार ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ८ शान्तिटोल बस्ने ४३ वर्षीय यम बहादुर बस्नेत,झापा कचनकवल गाउँपालिका वडा नम्बर ३ घर भई हाल ललितपुरस्थित महालक्ष्मी नगरपालिका वडा नम्बर १ इमाडोल बस्ने ५१ वर्षीय कृष्ण बहादुर कटुवाल र झापाकै भद्रपुर नगरपालिका वडा नम्बर ९ घर भई हाल काठमाडौँको वडा नम्बर ३० ज्ञानेश्वर बस्ने ४१ वर्षीय सुर्य बहादुर खड्का रहेका छन् ।
काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यका अनुसार झुठ्ठा विवरण पेश गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाई विभिन्न व्यक्तिहरू तेस्रो मुलुक जाने गरेको सूचनाका आधारमा उनीहरू पक्राउ परेका हुन् ।उनीहरूको साथबाट नागरिकता,राहदानी,राष्ट्रिय परिचयपत्र सम्बन्धी आवेदन रुजु फाराम,मोबाइल लगायत सामग्री बरामद गरिएको छ ।
पक्राउ परेका उनीहरूलाई नागरिकता, लिखत किर्ते र सङ्गठित अपराध सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि बुधबार जिल्ला प्रहरी कार्यालय झापा पठाइएको सूचना अधिकारीले आचार्यले बताउनुभयो ।

For Add Product Review. You Need To Login First Login Page















