Saturday 18-04-2026

आफ्नै सिटी सफारी चलाइरहेका सुनसरीको रामधुनीका सफारी चालक दिनेश चौधरीको हत्यामा संलग्न सात जना सार्वजनिक

Satyapana
  • Tuesday Dec 09 2025
  • | 1606 Read

Share News

आफ्नै सिटी सफारी चलाइरहेका सुनसरीको रामधुनीका सफारी चालक दिनेश चौधरीको हत्यामा संलग्न सात जना सार्वजनिक

२३ मङ्सिर २०८२, आफ्नै सिटी सफारी चलाइरहेका दिनेश चौधरीको गत असोज २५ गते साँझ मोटरसाइकलमा आएको समूहले गोली प्रहार गरी फरार भएका थिए । सुनसरीको रामधुनी नगरपालिका–२ स्थित कर्मनिया टोलका सिटी सफारी चालक दिनेशले  प्र–१–०२–००४ ह ७८०४ नम्बरको आफ्नै सिटी सफारी चलाउँदै गरेको अवस्थामा मोटरसाइकलमा आएकाहरुले  गोली प्रहार गरेर फरार भएका थिए।  चौधरीको हत्या स्थानीयकै योजनामा भएको खुलेको छ । हत्याको आरोपमा स्थानीय दाजुभाइ राजकिशोर साह र नन्दकिशोर साहले अरू मान्छे परिचालन गरेर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । हाल प्रहरीले हत्यामा संलग्न सात जनालाइ पव्रmाउ गरेको छ ।  पक्राउ पर्नेहरूमा रामधुनी–१, झुम्काका ४३ वर्षीय राजेश भनिने राजकिशोर शाह, सोही ठाउँका ४० वर्षीय नन्दकिशोर शाह, राजविराज–१६ का २८ वर्षीय अङ्कित शाह, सोही ठाउँका २८ वर्षीय प्रिन्सकुमार दास, भोक्राह नरसिंह गाउँपालिका–५, सुनसरीका ३४ वर्षीय मोहम्मद इब्रान मिया, देवानगंज गाउँपालिका–४, सुनसरीका ३७ वर्षीय गियास मन्सुरी र देवानगंज गाउँपालिका–५ का २५ वर्षीय मिथिलेस यादव रहेका छन्। प्रहरीका अनुसार हत्याको कारण आर्थिक लेनदेनको विषय रहेको खुलेको छ।प्रहरीका अनुसार चौधरीको हत्यामा ६ लाख रुपैयाँ लेनदेन भएको पाइएको छ । 


For Add Product Review. You Need To Login First Login Page