Saturday 18-04-2026

१३ वर्षीया अंशु गौतम बलात्कार–हत्या प्रकरण : दुई महिनादेखि फरार अभियुक्त पक्राउ

Satyapana
  • Sunday Dec 07 2025
  • | 2098 Read

Share News

१३ वर्षीया अंशु गौतम बलात्कार–हत्या प्रकरण : दुई महिनादेखि फरार अभियुक्त पक्राउ

२१ मङ्सिर, २०८२ । मोरङको लेटाङ नगरपालिका–२ फडानीकी १३ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्या गरेको आरोपमा फरार रहेका पदम अधिकारी दुई महिनापछि पक्राउ परेका छन्। स्थानीयमा ‘विचारी’ नामले चिनिने अधिकारीले हँसिया र खुकुरी प्रयोग गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

घटना भएको केही समयमै अधिकारी भारतको आसाम, तीनसुकिया भागेर पुगेका थिए। तर परिवारसँग फोन सम्पर्क भएको केही दिनपछि उनी गत शुक्रबार घर फर्केपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

अंशुका बुबा नवीन गौतमले अधिकारीविरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए। पक्राउ परेका अधिकारीलाई जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार बिहान साढे १० बजे सार्वजनिक गर्ने तयारी गरेको छ।

पिङ खेल्न भनी असोज २१ गते घरबाट निस्किएकी अंशुको शव हराएको १८ दिनपछि कात्तिक ७ मा चिसाङ जंगलमा फेला परेको थियो।


For Add Product Review. You Need To Login First Login Page