Wednesday 29-07-2026

स्रोत नखुलेको २० लाख नगदसहित वीरगञ्जबाट साह पक्राउ

Logo
Satyapana
  • Friday Mar 20 2026
  • | 1145 Read

Share News

स्रोत नखुलेको २० लाख नगदसहित वीरगञ्जबाट साह पक्राउ

६ चैत २०८२, शुक्रबार।  सशस्त्र प्रहरीले स्रोत नखुलेको २० लाख रुपैयाँभन्दा बढी नगदसहित एक जनालाई वीरगञ्जबाट नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मूल गेटबाट स्थानीय ५० वर्षीय विनय शंकर साहलाई पक्राउ गरेको हो।

भारतबाट बीआर ०५ बीके ८६०३ नम्बरको मोटरसाइकलमा नेपाल छिर्दै गरेका साहको जाँच गर्ने क्रममा मोटरसाइकलको सिट कभरभित्र लुकाइछिपाई राखिएको २० लाख २ हजार ५० नेपाली रुपैयाँ र ६ सय भारतीय रुपैयाँ फेला परेको थियो। पक्राउ परेका साहलाई आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो।


For Add Product Review. You Need To Login First Login Page