Saturday 18-04-2026

अमेरिका र इजरायलको आक्रमणबाट ८५ इरानीको मृत्यु

Satyapana
  • Saturday Feb 28 2026
  • | 1139 Read

Share News

अमेरिका र इजरायलको आक्रमणबाट ८५ इरानीको मृत्यु

अमेरिका र इजरायलले गरेको मिसाइल आक्रमणबाट कम्तीमा ८५ जना इरानीको मृत्यु भएको इरानी अधिकारीलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

एउटा विद्यालयमा भएको आक्रमणमा परी ५३ जनाको मृत्यु भएको र ६३ जना घाइते भएको शिक्षा मन्त्रालयका प्रवक्तालाई उद्धृत गरी इरानको सरकारी इस्लामिक रिपब्लिक न्यूज एजेन्सी (आइआरएनए) ले जनाएको थियो ।

इरानी विदेशमन्त्री अराघचीले सामाजिक सञ्जाल एक्समा इरानको दक्षिणी भागमा केटीहरूका लागि प्राथमिक शिक्षा पढाइका लागि स्थापित विद्यालय भवनबाट धुवाँको मुस्लो निस्केको तस्बीर सार्वजनिक गर्नुभएको थियो ।

आइआरएनएका अनुसार इजरायलले शनिबार इरानको दक्षिणी प्रान्त होर्मोज्गानको मिनाब काउन्टीमा रहेको छात्राको एक प्राथमिक विद्यालयमा आक्रमण गरेको हो ।।


For Add Product Review. You Need To Login First Login Page