इजरायल र इरानमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन सरकारको आग्रह,
- Saturday Feb 28 2026
- | 1134 Read
Share News

काठमाडौँ । परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै नेपाली नागरिकलाई इजरायल र इरानको भ्रमण तत्कालका लागि स्थगित गर्न आग्रह गरेको छ।
परराष्ट्र मन्त्रालयले शनिबार ट्राभल एडभाइजरी जारी गर्दै दुवै देशको स्थिति सामान्य नभएसम्म भ्रमण नगर्न र त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो।
मन्त्रालयको एडभाइजरीका ६ बुँदा
- इजरायल र इरानका सम्बन्धित निकायले जारी गरेका सुरक्षा सम्बन्धी निर्देशन र सल्लाहको पूर्ण रूपमा पालना गर्ने,
- सकेसम्म घरभित्रै रहने, सतर्कता अपनाउने, सावधानी अपनाउने र आफ्नो क्षेत्रमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहने,
- इजरायल र इरानका आधिकारिक निकायको पूर्वस्वीकृतिबिना यात्रा नगर्ने,
४. काठमाडौँस्थित परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र दोहास्थित नेपाली राजदूतावासको सम्पर्कमा रहने,
५. इजरायल वा इरान भ्रमणको योजना बनाइरहनुभएका नेपाली नागरिकलाई दुवै देशको स्थिति सामान्य नभएसम्मका लागि आफ्नो भ्रमण स्थगित गर्न कडा आग्रह गरिन्छ,
६. मध्यपूर्वका अन्य देशमा बसोबास गरिरहेका र कार्यरत नेपाली नागरिकलाई पनि घटनाक्रमको निरन्तर अनुगमन गर्न र सम्बन्धित देशका निकायले सुझाएका सुरक्षा उपाय पालना गर्ने।

For Add Product Review. You Need To Login First Login Page














