Search News
काठमाण्डौको टेकुको होटलमा बन्धक बनाइएका बोहराको उद्धार, तीन जना पक्राउ
- Wednesday Feb 25 2026
- | 1752 Read
Share News

काठमाडौँको टेकुस्थित एक होटलबाट बन्धक बनाइएका व्यक्तिको प्रहरीले उद्धार गरेको छ। अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पूर्णबहादुर बोहरा नामक व्यक्तिलाई होटलको कोठाभित्र कुटपिट गरी थुनेर राखिएको भन्ने गोप्य सूचनापछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो।
टोलीले काठमाडौँ महानगरपालिका–१२ स्थित ‘रोडलाइन प्यालेस होटल’को कोठा नम्बर १०५ बाट बोहरालाई उद्धार गरेको हो।
प्रहरीका अनुसार बोहरा घाइते अवस्थामा फेला परेका थिए। घटनामा संलग्न रहेको आशंकामा फपेन्द्र न्यौपाने, धनराज बस्नेत र होटल सञ्चालक शिवबहादुर घर्तीलाई पक्राउ गरिएको छ।
पक्राउ परेका तीनै जनालाई अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन्।

For Add Product Review. You Need To Login First Login Page


















