Search News
रामेछापको च्यास्कुमा बोलेरोको ठक्करबाट बालकको मृत्यु, स्थिति तनावग्रस्त
- Saturday Feb 21 2026
- | 1153 Read
Share News

रामेछाप । रामेछाप नगरपालिका वडा नम्बर ६ च्यास्कुमा शनिबार आज बोलेरो जिपको ठक्करबाट एक ५ वर्षीय बालकको ज्यान गएको छ। पसलमा सामान किन्न आएका स्थानीय बालकलाई बोलेरोले ठक्कर दिएको हो। दुर्घटनापछि आक्रोशित स्थानीय र मृतकका आफन्तका कारण च्यास्कु क्षेत्र यतिबेला तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रण बाहिर जान नदिन र घटनाको सत्यतथ्य बुझ्न जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी टोली घटनास्थलमा पुगिसकेको
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजन तिमल्सिनाले जानकारी दिए । उनका अनुसार
बालकको मृत्यु भएको खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको छ।
स्थानीयका अनुसार, अनियन्त्रित गतिमा रहेको बोलेरोले पसल अगाडि रहेका बालकलाई ठक्कर दिएको थियो। ठक्कर यति भयानक थियो कि बोलेरोले पसलको सटरमा समेत ठूलो क्षति पुर्याएको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार, गाडी कुनै अनुभवी चालकले नभई सिक्दै गरेको सिकारुले चलाएका कारण यो दुर्घटना भएको हो। दुर्घटनालगत्तै गम्भीर घाइते भएका बालकको मृत्यु भएको खबर प्राप्त भएको छ।

For Add Product Review. You Need To Login First Login Page















