Saturday 18-04-2026

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो, ६ जनाको उद्धार

Satyapana
  • Tuesday Feb 10 2026
  • | 1016 Read

Share News

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो, ६ जनाको उद्धार

काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको एक यात्रुबाहक बस रामेछापको मचानेटार क्षेत्रमा तामाकोशी नदीमा खस्दा दुर्घटना भएको छ। दुर्घटनास्थलबाट हालसम्म ६ जना यात्रुलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस दुर्घटनामा परेको हो। रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार उक्त बस मचानेटार नजिकैबाट तामाकोशी नदीमा खसेको हो।

रामेछापका प्रहरी नायब उपरीक्षक (डीएसपी) भोला भट्टका अनुसार बसमा सवार यात्रुको यकिन संख्या हालसम्म खुल्न सकेको छैन। घटनास्थलमा उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


For Add Product Review. You Need To Login First Login Page