Saturday 18-04-2026

भैरहवाबाट विराटनगर जाँदै गरेको बसमा यात्रुको ज्यान गयो

Satyapana
  • Friday Jan 16 2026
  • | 1434 Read

Share News

भैरहवाबाट विराटनगर जाँदै गरेको बसमा यात्रुको ज्यान गयो

कल्याणपुर (सप्तरी), माघ २ गते । सप्तरीको कञ्चनपुर क्षेत्रमा यात्रुवाहक बसमा सवार एक यात्रुको मृत्यु भएको छ । भैरहवाबाट विराटनगरतर्फ जाँदै गरेको लु २ ख ३४८५ नम्बरको यात्रुबाहक बसमा सवार तिरहुत गाउँपालिका ४ डिमन घर भएका ५५ वर्षीय महेश मुखियाको बाटोमै मृत्यु भएको हो ।

उहाँ विगत ३–४ दिनदेखि बिरामी रहेको र उहाँका श्रीमती ४५ वर्षीया दुखनी मुखियाले घर लैजाने क्रममा बिहीबार बसमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

उहाँले शुक्रबार बिहान बस चालकले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जानकारी गराएपछि प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा कुनै शङ्कास्पद अवस्था नदेखिएको बताउनुभयो ।

मृतकको शव उहाँका भाइ उमेश मुखियाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।


For Add Product Review. You Need To Login First Login Page