Saturday 18-04-2026

सन्चारमन्त्री खरेलद्वारा ज्यापू समाजको जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकन

Satyapana
  • Tuesday Jan 06 2026
  • | 1701 Read

Share News

सन्चारमन्त्री खरेलद्वारा ज्यापू समाजको जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकन

ललितपुर, २२ पुस । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले ललितपुरको बागडोलस्थित ज्यापू समाजको जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकनका साथै जेष्ठ नागरिकहरुसंग अन्तरक्रिया गर्नुभएको छ। 
ज्यापू समाज यलका पदाधिकारीहरुको निमन्त्रणामा मंगलबार दिउँसो बागडोल पुगेर मन्त्री खरेलले जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकनका साथै जेष्ठ नागरिकसंग अन्तरक्रिया गर्नुभएको हो।

जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकनका क्रममा मन्त्री खरेलले जेष्ठ नागरिकको सेवामा ज्यापू समाजले गरेको यो काम प्रसंशनीय भएको बताउनुभयो ।

"गाँस, बास र कपासको व्यवस्थापन सरकारले गर्नुपर्ने भएपनि कमजोर व्यवस्थाका कारण सरकारले गर्न सकिरहेको छैन, ज्यापू समाजले गरिरहेको यो काम समाजका लागि अत्यन्तै प्रशंसनीय छ, यसको निरन्तरताको लागि सरकारले सहयोग र समन्वय गर्ने काम गर्छ।" उहाँले भन्नुभयो।

समयक्रमसंगै बालबालिकाबाट जेष्ठ नागरिकसम्म सबैले भूमिका निर्वाह गर्नुपर्ने बताउँदै सबैको खुसीको लागि सरकारको जिम्मेवारीमा रहेर सकरात्मक काम गर्ने बताउनुभयो।  
"हामीले गर्ने सहयोग गर्छौं, नेवार समुदायको सम्पदा, संस्कृति र सभ्यतालाई माथि उठाउन ध्यान दिएर काम गर्छौं, समग्र नेवार समुदायको संस्कृति र परम्पराको विषयमा प्रचारप्रसार गर्न सम्पदा यात्रा नामक कार्यक्रम नेपाल टेलिभिजनमार्फत कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेका छौँ।" उहाँले भन्नुभयो।

मन्त्री खरेलले जेष्ठ नागरिक आनन्द निकेतनको व्यवस्थापन एवम् सञ्चालनका लागि न्युनतम पनि दश बर्षको योजना बनाएर काम गर्नुहोस् भन्ने आग्रह गर्नुभयो।
ज्यापू समाजका अध्यक्ष सन्तमान महर्जनले जेष्ठ नागरिक आनन्द निकेतनले अहिले २५ जनाको लागि सेवा गरिरहेको जानकारी गराउँदै भविष्यमा संख्या वृद्धि गर्दै जाने बताउनुभयो।


For Add Product Review. You Need To Login First Login Page