Saturday 18-04-2026

देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नु पर्छः मन्त्री खरेल

Satyapana
  • Saturday Jan 03 2026
  • | 968 Read

Share News

देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नु पर्छः मन्त्री खरेल


चितवन, १९ पुस । सञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदिश खरेलले देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नु पर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाको आज निरिक्षण पछि बोल्दै उहाँले अहिले सरकारले सरकारी संञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्ने कामको थालनि गरेको बताउनुभयो । 
उहाँले भन्नुभयो “देशभर कार्यरत पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्न जरुरी रहेको छ ।” 
उहाँले पत्रकारका कार्यालयहरूमा प्रवेश गर्दा आफ्नै घरमा प्रवेश गरेको अनुभूति हुने बताउँदै चितवन शाखा अन्य शाखाको तुलनामा उत्कृष्ट रहेको भन्दै प्रशंसा गर्नुभयो । पत्रकारहरुको समस्या समाधानका लागि अहिलेको सरकारले केही आधारशिला तयार गर्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “लोक कल्याणकारी बिज्ञापनको सहि तरीकाले सबै सञ्चार माध्यममा पु¥याउन जरुरी छ ।” निरीक्षणका क्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्त पराजुलीले जिल्लाको पत्रकारिता अवस्था र चुनौतीका विषयमा मन्त्री खरेललाई अवगत गराउनुभएको थियो ।
मन्त्री खरेलले समाचार संकलनका क्रममा जाँदा दुर्घटनामा पर्नु भएका नेपाल टेलिभिजनका चितवन समाचारदाता अनिल ढकाललाई भेट गर्नु भएको छ ।सो क्रममा उहाँले आँफु मन्त्री भएकै दिन ढकाल घाइते भएको जानकारी आँफुलाई भएको बताउनुभयो । ढकाललाई नेपाल टेलिभिजनमा निरन्तर रुपमा काम गर्नका लागि आबश्यक सहजिकरणका लागि आँफु तयार रहेको उहाँले बताउनुभयो । सोही क्रममा सार्बजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष महेन्द्र बिष्टलाई टेलिफोन गरी मन्त्री खरेलले टेलिभिजनका तर्फबाट गर्न सक्ने सहयोगका लागि निर्देशन दिनुभयो । ढकालले आँफु टेलिभिजनको प्रत्यक्ष प्रसारणका लागि जाने क्रममा दुर्घटना भएको भन्दै नेपाल टेलिभिजनमा स्थायीत्व हुने गरी रोजगारको सुनिश्चितता गरिदिन मन्त्री खरेललाई अनुरोध गर्नुभएको थियो । 
पत्रकार ढकाल गत असोजमा मुग्लिन–नारायणगढ सडकखण्डमा समाचार संकलनका क्रममा दुर्घटनामा पर्नुभएको थियो । दुर्घटनामा परि घाईते ढकालको स्वास्थ्यमा अहिले क्रमिक सुधार आएको छ । बिगत ३ महिना देखि उहाँ उपचारकै क्रममा हुनुहुन्छ ।


For Add Product Review. You Need To Login First Login Page