Saturday 18-04-2026

स्थानीय तहलाई आफ्नै भाषामा मतदाता शिक्षा सञ्चालन गर्न आग्रह

Satyapana
  • Friday Jan 02 2026
  • | 1241 Read

Share News

स्थानीय तहलाई आफ्नै भाषामा मतदाता शिक्षा सञ्चालन गर्न आग्रह

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कानुन निर्माण र कार्यान्वयनसमेतको जिम्मेवारी पाएका स्थानीय तहहरूलाई स्थानीय भाषामा आधारित मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घका प्रतिनिधिसँगको छलफलमा भण्डारीले नागरिकका घरदैलोसम्म आफ्नै भाषामा मतदाता शिक्षा पु¥याउन सके मतदानको प्रतिशत बढाउन र बदर मत घटाउन महत्वपूर्ण भूमिका खेल्ने पनि बताउनुभयो ।

उहाँले निर्वाचन सुरक्षाका विषयमा आयोगसँगको समन्वयमा नेपाल सरकारले पूर्ण तयारी गरिरहेकाले सुरक्षामा विश्वस्त हुन आग्रह गर्नुभयो । निर्वाचन आचारसंहिता जारी भएपछि सरकारी स्रोतको दुरूपयोग गरी मतदातालाई प्रभावित गर्न नदिइने तर नियमित विकास निर्माणका काम नरोकिने उहाँको भनाइ थियो । स्वच्छ, निष्पक्ष निर्वाचनका लागि आचारसंहिताको पूर्ण पालना गर्नु गराउनु आवश्यक भएको र यसमा कुनै कमी हुन नदिने उहाँले बताउनुभयो ।

आचारसंहिता कार्यान्वयनको सूक्ष्म अनुगमन गरिने कार्यवाहक प्रमुख भण्डारीको भनाइ थियो । कार्यक्रममा निर्वाचन आयुक्तद्वय डा. जानकीकुमारी तुलाधर, सगुन शमशेर जबरा र आयोगका सचिव कृष्णबहादुर राउतले आफ्नो मन्तव्य राख्नुभएको थियो ।    


For Add Product Review. You Need To Login First Login Page