Breaking News ::
कन्डम आयात बढ्दो, पाँच महिनामा १ करोड २८ लाखभन्दा बढी पीस भित्रियो
Satyapana
- Tuesday Dec 23 2025
- | 1114 Read
Share News

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना (साउनदेखि मंसिरसम्म) मा ९ करोड ९९ लाख २५ हजार रुपैयाँको १ करोड २८ लाख ४५ हजार ८६७ पीस कन्डम आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस्तो पाइएको हो । तथ्याङ्कले मंसिर महिनामा कन्डम आयात बढेको देखाएको छ ।
मंसिर महिनामा मात्रै १ करोड ७४ लाख ७९ हजार रुपैयाँ बराबरको १८ लाख ६६ हजार ६७५ पीस कन्डम आयात भएको उल्लेख छ ।कात्तिकमा ७१ लाख ३६ हजार रुपैयाँ बराबरको ५ लाख ६५ हजार ९८४ पीस आयात भएको थियो । यसैगरी २०८२ असोजमा १ करोड ९ लाख ७१ हजार रुपैयाँको ११ लाख ६३ हजार ५२ पीस कन्डम आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

For Add Product Review. You Need To Login First Login Page














