Tuesday 28-07-2026

मिनि ट्रक र अल्टो ठोक्किदा चार जना घाइते

Logo
Satyapana
  • Saturday Dec 20 2025
  • | 1769 Read

Share News

मिनि ट्रक र अल्टो ठोक्किदा चार जना घाइते

बैतडीमा मिनि ट्रक र अल्टो  ठोक्किदा चार जना घाइते भएका छन् शनिवार बिहान  दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–६ हिरापुर नजिकै  सु।प।प्र।०१००१ ख ३११९ नम्बरको मिनि ट्रक र बा ८ च ९०५२ नम्बरको अल्टो एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर बझाङको खप्तडछान्ना गाउँपालिका–२ घर भएका ४२ वर्षीय देवेन्द्र थापा, सोही ठाउँकी ४० वर्षीया गीताकुमारी खड्का, सोही ठाउँकी ३७ वर्षीया दिपेश्वरी हमाल र कञ्चनपुरको बेदकोटका ३८ वर्षीय केशवराज जोशी घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।

 

दुवै सवारीसाधन बैतडीको पाटनबाट धनगढीतर्फ जाँदै गरेको जनाइएको छ । घुम्तीा ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो । घाइतेको अवस्था सामान्य रहेको र चारै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना हुँदा अल्टो सडकबाट करिब ५ मिटर तल खसेको छ ।


For Add Product Review. You Need To Login First Login Page