Search News
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्रीको स्थलगत निरीक्षण
- Thursday Aug 27 2026
- | 1441 Read
Share News

११ भदौ, २०८३ बिहीबार। प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणपछि उहाँले बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउन र अवरुद्ध पूर्वाधारहरू तत्काल सञ्चालनमा ल्याउन मातहतका निकायलाई कडा निर्देशन दिनुभएको छ।पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित बिहान ९:३० बजे सडकमार्ग हुँदै नुवाकोट पुग्नुभएका प्रधानमन्त्री शाहले प्रभावित बस्तीहरूको भौतिक अवस्था र क्षतिको प्रत्यक्ष अवलोकन गर्नुभएको थियो।

बुधबार रसुवाको भोटेकोशी हुँदै आएको भीषण बाढीले नदी तटीय क्षेत्रहरूमा व्यापक क्षति पुर्याएपछि उद्धार र राहत कार्यको समन्वयमा सक्रिय रहनुभएका प्रधानमन्त्रीले विदुर क्षेत्रका प्रभावितहरूको अवस्था बुझ्नुभएको हो।भ्रमणका क्रममा प्रधानमन्त्रीको टोलीले बाढीले पुर्याएको भौतिक क्षतिको अवस्थाबारे स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिहरूसँग संयुक्त बैठक गरी समीक्षा गरेको थियो। सो अवसरमा प्रधानमन्त्री शाहले विस्थापित परिवारहरूका लागि तत्काल राहत सामग्री पुर्याउन, अवरुद्ध सडक सञ्जाल तथा पूर्वाधारहरू युद्धस्तरमा मर्मत गरी सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको योजनालाई तीव्रता दिन निर्देशन दिनुभयो।स्थलगत अनुगमन तथा आवश्यक निर्देशन दिएपछि प्रधानमन्त्री नेतृत्वको टोली आजै काठमाडौँ फर्किएको छ

For Add Product Review. You Need To Login First Login Page

















