Search News
रसुवा बाढी: हेलिकप्टरमार्फत १२ जनाको उद्धार, उद्धार कार्यका लागि १२ वटा हेलिकप्टर परिचालन
- Wednesday Aug 26 2026
- | 525 Read
Share News

१० भदौ २०८३, बुधबार। रसुवामा बुधबार बिहान आएको अचानकको बाढीबाट प्रभावित विभिन्न क्षेत्रबाट नेपाली सेनाले १२ जनाको सकुशल उद्धार गरेको छ। नेपाली सेनाका अनुसार बुधबार बिहान ९ बजे गएको बाढीमा फसेका नागरिकहरूको उद्धारका लागि हवाई गस्ती तथा उद्वार तीव्र पारिएको छ। सेनाको हेलिकप्टरमार्फत स्याफ्रुबेँशीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जनाको उद्धार गरिएको हो। बाढी प्रभावित क्षेत्रमा आपतकालीन उद्धार कार्यलाई व्यापक बनाउन हाल नेपाली सेनाका ४ वटा र निजी कम्पनीका ८ वटा गरी कुल १२ वटा हेलिकप्टरहरू परिचालन गरिएको छ।त्यसैगरी, उद्धार गरिएका र प्रभावितहरूको लक्षित गरी त्रिशूलीस्थित नेपाली सेनाको नं। १ सैन्य तालिम केन्द्रमा विशेष मेडिकल टिम खटाई आकस्मिक स्वास्थ्य उपचार सेवा प्रदान भइरहेको सेनाले जनाएको छ। घटनाको विस्तृत विवरण र क्षतिको यकिन विवरण आउन बाँकी छ।

For Add Product Review. You Need To Login First Login Page

















