Search News
काठमाडौंको शंखमुलस्थित होस्टलमा युवकको हत्या, एक पक्राउ र अर्का फरार
- Friday Aug 21 2026
- | 817 Read
Share News

५,भदौ, शुक्रवार, २०८३। काठमाडौं महानगरपालिका–१० शंखमुलस्थित ‘भ्याली ब्वाइज होस्टल’मा कुटपिट तथा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरिएको छ। मृत्यु हुनेमा दाङ घोराही उपमहानगरपालिका–१७ घर भई हाल सोही होस्टलमा बस्दै आएका २२ वर्षीय बसन्त कालाथोकी रहेका छन्।कालाथोकीमाथि सोही होस्टलमा बस्ने बारा कलैया–३ का १८ वर्षीय शेखर यादव र अन्दाजी २० वर्षीय प्रमित पटेलले आक्रमण गरेका थिए। आक्रमणबाट टाउको र घाँटीमा गम्भीर चोट लागेका उनलाई तत्काल उपचारका लागि मिनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। गम्भीर अवस्थामा रहेका उनको उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।घटनामा संलग्न यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ भने फरार रहेका पटेलको खोजी कार्य जारी छ।

For Add Product Review. You Need To Login First Login Page

















