Saturday 12-09-2026

सेयर कारोबारी दीपेन्द्र अग्रवाल र साझेदारको सम्पत्ति रोक्का

Logo
Satyapana
  • Wednesday Aug 19 2026
  • | 932 Read

Share News

सेयर कारोबारी दीपेन्द्र अग्रवाल र साझेदारको सम्पत्ति रोक्का

३,भाद्र २०८३, बुधबार । सेयर कारोबारी दीपेन्द्र अग्रवाल तथा उनीसँग जोडिएका साझेदार र परिवारका सदस्यको बैंक खाता, सेयर खातालगायत सम्पत्ति रोक्का गरिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अग्रवालमाथि गरिरहेको अनुसन्धानका क्रममा उनीसँग सम्बन्धित व्यक्तिहरूको सम्पत्ति रोक्का गरिएको स्रोतले जानकारी दिएको छ।

सिआइबीले अग्रवालमाथि धितोपत्रसम्बन्धी ऐन, २०६४ अन्तर्गत झुक्क्याउने विवरण तथा भ्रामक सूचना सार्वजनिक गरी गैरकानुनी रूपमा ४९ लाख १९ हजार ८ सय ६५ रुपैयाँ नाफा कमाएको आरोपमा अनुसन्धान गरिरहेको छ।

अग्रवालले अन्य व्यक्तिको टीएमएस प्रयोग गरी आपसी खरिद–बिक्री तथा आफन्तसम्बद्ध संस्थाबीच वास्तविक स्वामित्व परिवर्तन नहुने गरी कारोबार गरेको र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य कृत्रिम रूपमा बढाएको आरोप छ।

यसै मुद्दामा सिआइबीले २०८२ पुस ४ गते अग्रवाललाई पक्राउ गरेको थियो। पछि ४९ लाख १९ हजार ८ सय ६५ रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका थिए।


For Add Product Review. You Need To Login First Login Page