Saturday 12-09-2026

अखिल (क्रान्तिकारी) रामेछापका अध्यक्ष रोशन कार्की ‘उत्कृष्ट युवा अवार्ड–२०२६’ बाट सम्मानित

Logo
Satyapana
  • Sunday Aug 16 2026
  • | 7948 Read

Share News

अखिल (क्रान्तिकारी) रामेछापका अध्यक्ष रोशन कार्की ‘उत्कृष्ट युवा अवार्ड–२०२६’ बाट सम्मानित

३१ साउन,२०८३ आइतबार।  विद्यार्थी राजनीति तथा सामाजिक सेवामा सक्रिय युवा नेता रोशन कार्की अन्तर्राष्ट्रिय स्तरको ‘एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६’ अन्तर्गत ‘उत्कृष्ट युवा अवार्ड’बाट सम्मानित भएका छन्। अखिल (क्रान्तिकारी) रामेछापका जिल्ला अध्यक्ष समेत रहेका कार्कीलाई सामाजिक रूपान्तरण र विकासमा पुर्‍याएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो।

वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालि र हिमालयन कम्युनिटी प्रोजेक्टको संयुक्त आयोजनामा सम्पन्न ‘नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल’ का अवसरमा आयोजित विशेष समारोहमा उनलाई यो सम्मान प्रदान गरिएको आयोजक समितिले जनाएको छ। दुई देशबीचको सांस्कृतिक तथा सामाजिक सम्बन्ध प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विभिन्न विधामा उल्लेखनीय कार्य गर्ने ४५ जना युवा व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

रामेछाप जिल्लाको गोकुलगङ्गा गाउँपालिका–३, रस्नालु स्थायी घर भएका कार्की विगत १५ वर्षदेखि निरन्तर राजनीति तथा सामाजिक अभियानमा क्रियाशील छन्। पछिल्लो समय उनी गाउँस्तरमा पूर्वाधार विकास निर्माण, विपन्न वर्गका लागि स्वास्थ्य सहायता तथा युवा जागरण अभियानमा प्रत्यक्ष रूपमा खटिँदै आएका छन्।

पुरस्कार ग्रहण गरेपछि प्रतिक्रिया दिँदै कार्कीले यो सम्मानले आफूलाई समाज र जनताप्रति थप जिम्मेवार बनाएको बताए। "यो सम्मान मेरो व्यक्तिगत मात्र नभई सामाजिक परिवर्तनमा लागिपर्ने सम्पूर्ण युवाहरूको हो," उनले भने, "आगामी दिनमा पनि समाजमा विद्यमान विकृति र विसंगतिविरुद्ध आवाज उठाउँदै सेवामा निरन्तर समर्पित रहनेछु।" साथै उनले आफ्नो कामको मूल्याङ्कन गरी हौसला प्रदान गरेकोमा आयोजक संस्थाप्रति आभार प्रकट गरे।


For Add Product Review. You Need To Login First Login Page