Saturday 12-09-2026

ग्वार्कोमा बस दुर्घटना: १ जनाको मृत्यु, १९ जना घाइते

Logo
Satyapana
  • Thursday Aug 06 2026
  • | 1025 Read

Share News

ग्वार्कोमा बस दुर्घटना: १ जनाको मृत्यु, १९ जना घाइते

२१ साउन,२०८३ बिहीबार ।  ललितपुरको ग्वार्कोमा यात्रु बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भक्तपुरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस ग्वार्कोको फ्लाइओभरको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी  दोलखाको शैलुङ गाउँपालिका घर भएकी ४० वर्षीया जेनिसा लामाको मृत्यु भएको  उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिनुभयो । 

दुर्घटनामा घाइते भएका १९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।।


For Add Product Review. You Need To Login First Login Page