Tuesday 28-07-2026

२३ जिल्लामा रातिको समयमा सवारी साधन गुड्न नपाइने

Logo
Satyapana
  • Sunday Jul 19 2026
  • | 204 Read

Share News

२३ जिल्लामा रातिको समयमा सवारी साधन गुड्न नपाइने

३ साउन २०८३ आइतबार। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ठूलोदेखि धेरै ठूलो पानी पर्ने सम्भावना रहेका २३ जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक लगाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ ।

यस्तै दिउसोको समयमा समेत सरकारले बाढी, पहिरो तथा डुबानजस्ता मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै जोखिमको अवस्था मूल्याङ्कन गरेरमात्रै प्रभावित जिल्लामा सवारीसाधन चलाउन दिने भएको छ ।

ती जिल्लामा परिस्थितिअनुसार जुनसुकै बेला सवारी आवागमन बन्द गर्न र अन्य जिल्लामा समेत उच्च सतर्कताका लागि अनुरोध गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।

बैठकले धेरै ठूलो पानी पर्दा अचानक बाढी, पहिरो, कटान, गेग्रान बहाव, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने भएकाले तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध गरेको छ ।

जोखिमयुक्त राजमार्ग र सडकहरूमा डोजर, एक्साभेटर, लोडरलगायतका साधनहरू तयारी अवस्थामा राख्न सडक विभाग र अन्य सम्बद्ध निकायलाई अनुरोध गरिएको छ ।

पूर्वसूचना/चेतावनीअनुसार जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति, घरपरिवारलाई विपद् प्रतिकार्य गर्नुपूर्व नै आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्न जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवकलाई आग्रह गरिएको छ ।

यसैबीच विपद्को पूर्वतयारीअन्तर्गत आवश्यक परेमा निजी क्षेत्रसँग हेलि, ड्रोन र र्याफ्टिङ उपलब्ध गराउन आग्रह गरिने तयारी पनि गरिएको छ ।।


For Add Product Review. You Need To Login First Login Page