Saturday 12-09-2026

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रिय सभा स्थगित, दलहरूबीच सहमतिको प्रयास जारी

Logo
Satyapana
  • Sunday May 31 2026
  • | 1991 Read

Share News

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रिय सभा स्थगित, दलहरूबीच सहमतिको प्रयास जारी

१७ जेष्ठ २०८३ आइतबार।  राष्ट्रिय सभाको बैठक आज मुख्य कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।आइतबार बिहान सवा ११ बजेका लागि तय भएको बैठक निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी सुरु भएको थियो । बैठकको सुरुमा शून्य समय अन्तर्गत केही सांसदहरूले आफ्ना धारणा राखेका थिए । त्यसलगत्तै सभाध्यक्ष नारायण दाहालले आजको बैठकमा विशेष समय नराखिएको जानकारी दिँदै २० मिनेटका लागि बैठक स्थगित भएको घोषणा गर्नुभयो ।आजको बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र आजै पारित गर्ने कार्यसूची थियो ।यसैगरी, प्रतिनिधि सभाबाटै प्राप्त ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ लाई पनि आजै पारित गर्ने तयारी गरिएको थियो ।नेताहरूका अनुसार यी दुवै विधेयकमा दर्ता भएका संशोधन प्रस्तावहरूका सम्बन्धमा सरकार र राजनीतिक दलहरूबीच थप संवाद आवश्यक भएकाले बैठक स्थगित गरिएको हो । बैठक रोकेर दलहरूबीच आपसी सहमति खोज्ने प्रयास भइरहेको छ ।

अहिले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरूसँग सघन छलफल गरिरहनुभएको छ । 'प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन संशोधन विधेयक' र 'मतदाता नामावली संशोधन विधेयक' माथि हालसम्म तीन/तीन वटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।


For Add Product Review. You Need To Login First Login Page