Friday 29-05-2026

प्रदूषण हट्यो, ज्याकाराण्डा फुल्यो: बैजनीमय बन्यो काठमाडौँ

Satyapana
  • Sunday May 17 2026
  • | 597 Read

Share News

प्रदूषण हट्यो, ज्याकाराण्डा फुल्यो: बैजनीमय बन्यो काठमाडौँ

३ जेष्ठ २०८३ आइतबार। विगत केही दिनयता पश्चिम वायुको प्रभावका कारण परेको वर्षासँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषणमा  सुधार आएको छ। वर्षाले वायुमण्डलमा जमेको धुलो र तुवाँलो पखालेपछि उपत्यकाको वायुको गुणस्तर मा सुधार आएको हो। मौसम सफा भएसँगै सडक किनारमा फुलेका ज्याकाराण्डाका कारण उपत्यकाका मुख्य सडकहरू यतिबेला बैजनी रङ्गमा सजिएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको सक्रियताका कारण उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको हो। यस वर्षको प्री मनसून प्रणाली विगतका वर्षहरूभन्दा बढी सक्रिय देखिएकाले वायुमण्डलीय प्रदूषण हट्न सघाउ पुगेको मौसमविदहरूले जनाएका छन्।

वातावरण सफा भएसँगै दरबारमार्ग, रत्नपार्क, भृकुटीमण्डप, शितल निवास तथा ललितपुरको जावलाखेल र महालक्ष्मीस्थान क्षेत्रका सडक किनारमा ढकमक्क फुलेका ज्याकाराण्डाले सहरी सौन्दर्यलाई थप आकर्षक बनाएका छन्। द्रुत सहरीकरण र वायु प्रदूषणका कारण कुरुप बन्दै गएको राजधानीमा यो मौसमी लहरले पर्यावरण र सहरी हरियालीको महत्त्वलाई पुनः उजागर गरेको वातावरणविद्हरूको भनाइ छ।

प्रदूषणमुक्त सफा मौसम र सडकभरी ओछ्यानिएका बैजनी फूलका दृश्यहरू कैद गर्न सडक किनार तथा उद्यानहरूमा सर्वसाधारणको भीड बढेको छ। विशेष गरी तस्बिर तथा भिडियो खिच्न र सामाजिक सञ्जालका लागि  रिल्स तयार पार्न युवायुवतीहरूको उपस्थिति बाक्लो देखिन्छ।

जलवायु परिवर्तन र वायु प्रदूषणको चपेटामा परेको काठमाडौँका लागि यो वर्षा र प्राकृतिक वातावरणले नागरिकलाई केही समयका लागि भए पनि ठुलो राहत दिलाएको छ।


For Add Product Review. You Need To Login First Login Page