Wednesday 29-07-2026

अस्पतालको ३८ लाख हिनामिना गर्ने ५ कर्मचारी पक्राउ,थप अनुसन्धानका लागि ७ दिनको म्याद थपियो

Logo
Satyapana
  • Wednesday May 13 2026
  • | 1953 Read

Share News

अस्पतालको ३८ लाख हिनामिना गर्ने ५ कर्मचारी पक्राउ,थप अनुसन्धानका लागि ७ दिनको म्याद थपियो

३० वैशाख २०८३ बुधबार। कपिलबस्तुको  शिवराज नगरपालिका अन्तर्गतको आधारभूत स्वास्थ्य सेवा अस्पताल, चन्द्रौटामा ३८ लाख रुपैयाँभन्दा बढी सरकारी रकम हिनामिना गरेको आरोपमा प्रहरीले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मेसु र बैंक कर्मचारीसहित ५ जनालाई पक्राउ गरेको छ। अस्पतालको आन्तरिक आम्दानी बैंकमा जम्मा नगरी नक्कली भौचर खडा गरेर रकम ठगी गरेको आरोपमा उनीहरूलाई वडा प्रहरी कार्यालय चन्द्रौटाले पक्राउ गरेको हो।

 प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा

१. जिल्ला दाङ तुलसीपुर उप - महानगरपालिका वडा नं. ५ नामीनगर घर भई शिवराज नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा स्वास्थ्य शाखा प्रमुखको रुपमा कार्यरत वर्ष अं. ५५ को चुडामणी भट्टराई ।
२. जिल्ला कपिलवस्तु महाराजगञ्ज नगरपालिका वडा नं. १ घर भई ऐ,अस्पतालका कर्मचारी मेडिकल सुपरिटेन्डेन्ट वर्ष अं. ३० का डा. अमित पाण्डे 
३. जिल्ला गुल्मी सत्यवती गाउँपालिका वडा नं. ५ ढाड घर भई हाल नेपाल बैंक लिमिटेड शाखा कार्यालय चन्द्रौटामा ऋब्क्ज्क्ष्भ्च् को रुपमा कार्यरत वर्ष अं. ३४ को कमल प्रसाद भण्डारी ।
४. जिल्ला कपिलवस्तु शिवराज नगरपालिका वडा नं. ५ घर भई ऐ. अस्पतालका फार्मेसी सहायक कर्मचारी वर्ष अं. ३७ की रुक्सना खातुन ।
५. जिल्ला कपिलवस्तु शिवराज नगरपालिका वडा नं. ३ मदवा घर भई तत्कालिन नेपाल बैंक शाखा कार्यालय चन्द्रौटा लि.मा र हाल नेपाल बैंक शाखा कार्यालय मणिग्राम लि. मा कार्यालय सहयोगीको रुपमा कार्यरत वर्ष अं. ३५ को बिक्रम के.सी. रहेका छन् ।  पक्राउ परेका पाँचै जनामाथि ठगी तथा आपराधिक विश्वासघातको कसुरमा मुद्दा चलाइएको छ। उनीहरूलाई कपिलवस्तु जिल्ला अदालतबाट ७ सात दिनको म्याद लिएर हिरासतमा राखिएको  जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । 

 


For Add Product Review. You Need To Login First Login Page