Friday 29-05-2026

संविधान संशोधनमा गम्भीर बन्न सरकारलाई प्रचण्डको आग्रह: 'हल्का रूपमा लिने गल्ती नगरियोस्

Satyapana
  • Tuesday May 12 2026
  • | 772 Read

Share News

संविधान संशोधनमा गम्भीर बन्न सरकारलाई प्रचण्डको आग्रह: 'हल्का रूपमा लिने गल्ती नगरियोस्

२९ वैशाख २०८३ मंगलबार। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको विषयलाई अत्यन्तै संवेदनशील र गम्भीर रूपमा लिनुपर्ने बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै उहाँले संविधान संशोधनको प्रक्रियालाई हल्का ढंगले लिने गल्ती नगर्न सरकार र सांसदहरूलाई सचेत गराउनुभएको हो । संशोधनले लोकतन्त्रलाई थप सुदृढ बनाउनुका साथै सीमान्तकृत समुदाय र क्षेत्रको प्रतिनिधित्वलाई अझ विस्तारित र मजबुत बनाउनुपर्नेमा उहाँको विशेष जोड थियो ।

प्रचण्डले संविधान संशोधन केवल प्राविधिक विषय मात्र नभई यसले ठूलो विवेक, गहन छलफल र संयमको माग गर्ने उल्लेख गर्नुभयो । "संविधान संशोधन गरौँ, तर त्यसले लोकतन्त्र र सीमान्त क्षेत्रको प्रतिनिधित्वलाई थप सुनिश्चित गरोस्," भन्दै उहाँले राष्ट्रिय महत्त्वको यो विषयमा पर्याप्त गृहकार्य र गम्भीरता आवश्यक रहेको औँल्याउनुभयो । उहाँले यस विषयलाई सत्ताको खेल वा सामान्य राजनीतिक जोडघटाउको रूपमा नलिन आग्रह गर्दै सबै पक्षलाई संयमित भएर अगाडि बढ्न अपिल समेत गर्नुभएको छ ।


For Add Product Review. You Need To Login First Login Page