Search News
धोबीखोला किनारमा सार्वजनिक जग्गा मिचेर बनाइएको सात तले घर भत्काइँदै
- Sunday May 03 2026
- | 830 Read
Share News

२० वैशाख २०८३ आइतबार। काठमाडौं महानगरपालिका वडा नम्बर १० स्थित धोबीखोला किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको एउटा सात तले घर महानगरले भत्काउन सुरु गरेको छ।
महानगरपालिकाका अनुसार उक्त घरको सडकतर्फको भाग सार्वजनिक जग्गामा परेकाले सो हिस्सा भत्काउन लागिएको हो। अहिले महानगर प्रहरीको टोलीले घर भत्काउनुपूर्व गर्नुपर्ने आवश्यक प्रक्रियाहरू अगाडि बढाइरहेको छ।अहिले अतिक्रमण गरिएको क्षेत्रफल पत्ता लगाउन प्राविधिक टोलीले जग्गा नापजाँच गरिरहेको छ
भने घरको जुन हिस्सा भत्काउनुपर्ने हो, त्यहाँ रहेका सरसामानहरू महानगर प्रहरीको सहयोगमा सुरक्षित रूपमा बाहिर निकाल्ने र ठाउँ खाली गराउने काम भइरहेको छ।
घरको कानुनी स्थिति र स्वीकृत मापदण्ड स्पष्ट पार्न घरको भित्तामा नक्साहरू समेत टाँसिएको छ।
सार्वजनिक जग्गा संरक्षण गर्ने र अनधिकृत संरचना हटाउने अभियान अन्तर्गत महानगरले यो कदम चालेको हो। यसअघि पनि महानगरले विभिन्न स्थानका अतिक्रमित संरचनाहरूमा डोजर चलाउँदै आएको छ।

For Add Product Review. You Need To Login First Login Page














