Search News
यूएई ड्रोन आक्रमण: घाइते ७ नेपालीमध्ये ६ जना डिस्चार्ज, एकको उपचार जारी
- Saturday Apr 04 2026
- | 1029 Read
Share News

२१ चैत्र २०८२ शनिवार। संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनको भग्नावशेष खस्दा घाइते भएका सात नेपालीमध्ये ६ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। अबुधाबीस्थित नेपाली दूतावासका अनुसार उपचाररत बाँकी एक जनाको अवस्था पनि हाल खतरामुक्त रहेको छ।गएको शुक्रबार इरानद्वारा प्रहार गरिएको ड्रोनलाई यूएईको वायु रक्षा प्रणालीले आकाशमै निष्क्रिय पारेपछि त्यसको अवशेष अबुधाबीको अजबान क्षेत्रमा खसेको थियो। उक्त घटनामा ७ नेपालीसहित १२ जना विदेशी कामदार घाइते भएका थिए। घाइते कुल १२ जना (७ नेपाली र ५ भारतीय नागरिक)।नेपालीको ६ जना सफल उपचारपछि घर फर्किएका छन् भने १ जनाको अस्पतालमा उपचार भइरहेको छ। आबुधाबीस्थित नेपाली दूतावासले घाइते सातै जनासँग निरन्तर सम्पर्क गरी उनीहरूको स्वास्थ्य अवस्था र सुरक्षाबारे जानकारी लिइरहेको छ।यूएईको सरकारी सञ्चारमाध्यमले घटना सार्वजनिक गरेलगत्तै दूतावासले घाइतेहरूको पहिचान र सहयोगका लागि समन्वय सुरु गरेको थियो। दूतावासले घाइते सबैको अवस्था सामान्य रहेकाले परिवारलाई नआत्तिन समेत आग्रह गरेको छ।

For Add Product Review. You Need To Login First Login Page
















